मानव अधिकार तथा लैङ्गिक हिंसा (Human Rights and Gender violence)


मानव अधिकार तथा लैङ्गिक हिंसा
१.परिचय
 सामान्य अर्थमा मानिसले मानिस भएकै कारण स्वत वा जन्मसीद्ध रुपमा प्राप्त गर्ने अधिकारहरु मानव अधिकार हो । मानव अधिकार मानिसको जिवन, मर्यादा, स्वतन्त्रता र स्वभिमान संग सम्बन्धित हुन् । मानव अधिकारहरु यस्ता आधारभूत अधिकारहरु हुन् जुन हरेक मानिसहरुले आफ्नो अस्तित्वसंग प्राकृतिक वा अन्तर्निहितरुपमा नै प्राप्त गरेको हुन्छ । मानव अधिकार विश्व मानव समुदायको हरेक मानिसले समान रुपमा प्राप्त गर्ने अधिकारहरु हुन् । ‘’राष्ट्रीय मानव अधिकार एन २०६८ अनुसार मानव अधिकार भन्नाले व्यक्तिको जिवन¸ स्वतन्त्रता¸ समानतना र मर्यादासँग सम्बन्धित संविधान तथा प्रचलित कानुनद्धारा प्रदान गरिएको अधिकार तथा नेपाल पक्ष भएको मानवअधिकार ऐन सम्बन्धी अन्तराष्ट्रिय संधि सम्झौतामा निहित अधिकारनै मानव अधिकार हो । यी अधिकारहरु धर्म¸ वर्ण¸ लिंङ्ग, जात जाति, उत्पति भाषा तथा बैचारिक आस्था वा अन्य कुनै पनि आधारमा भेदभाव प्राप्त हुन्छ । यसरी प्राप्त मानव अधिकारको उपभोग गर्ने क्रममा अधिकारको समान वितरण हुन नसक्नुमा लैङ्गिक कारण पनि एक हो । यसरी समाजले लिङ्गको आधारमा महिला र पुरुष तथा तेस्रो लिङ्गि विच गरिने विभेदनै लैङ्गिक विभेद  हो । विशेष गरी नेपाली समाजमा महिला भएकै कारण समान अवसरबाट बञ्चित गरिने परम्परालाई अन्त गर्नको निमित्त विभिन्न तह तप्काबाट प्रयास भइरहेको छ । त्यसैले मानव अधिकार हनन् तथा लैङ्गिक हिंसालाई शुन्य सहनशिलताको निति अवलम्बन गरिएको स.प्र. बल नेपालले केन्द्र¸ क्षेत्र तथा मातहतमा समेत लैङ्गिक हिंसा तथा मानवअधिकार सेल शाखा स्थापना गरी सप्रकहरुको दुख पिर मर्का सुन्ने र उनिहरुको समस्या समाधानको लागि सम्बन्धित निकाय सम्म पुर्याउने तथा समाजमा समेत जनचेतना मुलक कार्यक्रम गरि जनचेतना जगाउने कार्य गर्दै आएको छ ।
२.उद्देश्य
१.      मानवअधिकार तथा लैङ्गिक हिंसा हनन् को घट्ना घट्न नदिनको लागी समाजमा जनचेतनामुलक कार्यक्रम गर्ने ।
२.      मानवअधिकार तथा लैङ्गिक हिंसा सम्बन्धी विभिन्न कार्यक्रममा सहभागि हुने ।
३.      मातहतलाई मानव अधिकार तथा लैङ्गिक हिंसा सम्बन्धमा समय समयमा अनुशिक्षण तालिम संचालन गर्ने ।
४.      मानव अधिकार तथा लैङ्गिक हिंसा सम्बन्धि घटनाको न्युनिकरणको लागी समाजमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने ।
५.      कार्य स्थलमा हुने मानवअधिकार तथा महिला हिंसा सम्बन्धी घटनाको छानविन गर्ने तथा आवश्यक कार्बाहीको लागी काम गर्ने ।
६.      स.प्र. बलमा कार्यरत स.प्र.क. हरुको परिवारमा हुने महिला हिंसाको घट्नालाई छानविन गर्ने तथा पिडितलाई सेवा प्रदान गर्ने ।
७.      स.प्र.क. हरुलाई समय समयमा काउन्सिलिङ गर्ने र निजको पिडालाई समयमा सम्बन्धित निकायसम्म पुर्‍याउने ।


३.बनावट
१.      केन्द्रमा मानवअधिकार शाखा र लैङ्गिक शाखा ।
२.      क्षेत्रमा मानवअधिकार शाखा तथा लैङ्गिक शाखा ।
३.      सम्बन्धित मातहत युनिटमा मानवअधिकार तथा लैङ्गिक ईकाइ ।

४.जिम्मेवारी भुमिका
१.      समाजमा भएको मानवअधिकार हनन तथा लैङ्गिक हिंसाको घटना सम्बन्धि सुचना प्रबाह गर्ने तथा सम्बन्धित निकाय सँग समन्वय गरि  पिडितलाई सेवा प्रदान गर्ने ।
२.      अन्तर्राष्ट्रिय मानवअधिकार दिवस¸ अन्तर्राष्ट्रिय नारी दिवस तथा अन्य यस्तै खालको अवसरहरुमा मानवअधिकार हनन तथा लैङ्गिक हिंसा सम्बन्धित जनचेतना अभियान संचालन गरी जनस्थरमा सप्र बलको उपस्थिति देखाई प्रभावकारी काम गर्नु ।
३.      बढ्दै गएको मानव बेचविखन जस्ता अपराधहरुलाई निष्तेज पार्नको लागी आवश्यक पहलता लिने ।
४.      सप्र बल नेपालमा कार्यरत सप्रकहरुलाई मानव अधिकार हनन् तथा लैङ्गिक हिंसाको विषयमा अनुशिक्षण तालिम संचालन गरी सचेत बनाउने ।
५.      सप्रकहरुलाई परेको समस्याको कानुनी उपचारको लागी कानुन शाखासम्म पुर्‍याउने ।

५.लक्ष्य
१.      सप्रकहरुलाई परेका लैङ्गिक तथा मानवअधिकार सम्बन्धि गुनासोहरुको सुनुवाई गरी पिडीत स.प्र.क.हरु लाई कानुनी उपचार प्रादान गर्नु ।
२.      समाजमा घट्ने मानवअघिकार तथा लैङ्गिक हिंसाको घटनाहरुलाई जनचेतनाको माध्यम बाट न्यूनिकरण गर्ने ।
३.      मानव वेचबिखान जस्ता जघन्य अपराधहरुलाई निर्मुल पार्नु ।
४.      समन्वयकारी भुमीका निर्वाह गरी मानवअधिकार हनन् तथा लैङ्गिक हिंसा सम्बन्धी घटनाहरु न्यूनिकरण गर्नु ।
५.      स.प्र.क हरुलाई संगठनले लिएको सुन्य सहनसिलताको सिद्धन्तको बारेमा जानकार बनाउनु तथा पेशागत जीवनमा लागु गर्नको लागी उत्प्रेरित गर्नु ।

Comments

Popular posts from this blog

About Science